चन्द्रमा कोसेली उद्योग, अम्बिका सुबेदि

20240816124645_209155355.jpg
  • 18-06-2023
  • 0

व्यवसायको सुरुवात र उत्पादन को बारेमा

हरेक घरमा महिलाहरूलाई विभिन्न जीवन उपयोगि कौशलहरू विशेष गरी उनीहरूका आमा हजुरआमाहरूले सिकाएका हुन्छन्। अम्बिका सुबेदिले उनको घरमा आमा, हजुरआमाले  चाडपर्वहरुमा सेलरोटी, अनारसा, तिलको लड्डुहरु बनाउने गरेको देखेकि थिइन्। बालापनको सिकाइलाई तिखार्दै उनले यसैलाई ब्यावसायको रुपमा सञ्चालन गर्न थालेकि हुन्। आँपगाछी ईटहरिमा बसोबास गरि बिगत 4 बर्ष देखि “चन्द्रमा कोसेली उध्योग” सञ्चालन गरिरहेकि छिन्।

 

सडकका असाहय आमा, दिदी-बहिनी तथा बालबालिकाको संरक्षणको लागि निर्न्तर लागि रहेको  सुनसरी ईटहरिमा रहेको “माया घर नेपाल” को सञ्चालाक समितिमा कार्यरत उनि समाजसेवी पनि हुन्। त्यहि “माया घर नेपाल” को वार्षिक साधारण सभामा उपस्थित हुन आउने सहयोगि पाहुनालाई खाजा के खुवाउने भन्ने बिषयमा छलफल हुँदा कति बजारको खाजा खुवाउने यसपालि घरकै खाजा खुवाउने भनेर सेल रोटी र गुन्द्रुकको अचार बरु आँफै बनार खुवाउछु भनेर सेल बनाएको कुरा सम्झिन्दै त्यसै दिन धेरैले मनपराइ प्रति गोटा रु 20 ले सेल किनेर लाने को भिड बढ्यो र त्यहि दिन बाट नै अनौपचारिक रुपमा उनको ब्यावसायको सुरुवात भएको बताउँदै उनी भन्छिन् “गत वर्षको दशैं तिहारमा मात्र ७ लाख बराबरको ब्यापार भएको छ”। उद्योग दर्ता गराउँदाको रमाईलो प्रसङ्गलाई सम्झदै उनि भन्छिन् “नाति नातिना हुर्कार घरमा नबसेर के मर्ने बेला उद्योग दर्ता गराउन आउनु भएको हौ आमा” भन्ने को कमि भने थिेएनन्। आफ्नो उमेरलाई चुनौति दिदै अगाडि बढेकि उनि उत्कृस्ट उद्यमी बन्न सफल भएकी छिन्।

 

चुनौतीहरुको सामना

हालैका वर्षहरूमा,धेरै प्राकृतिक प्रकोपहरूले अर्थव्यवस्थालाई नराम्ररी प्रभावित गरेको छ, जसमा महिला उद्यमीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। अम्बिकाले कोभिड–१९ लाई अहिलेसम्मकै सबैभन्दा ठूलो विपत्तिको रूपमा मात्र सोच्न सक्छिन्, जुन मानवजातिको कल्पना भन्दा बाहिरको कुरा हो । जब यो महामारीले विश्वलाई आक्रान्त बनायो, हाम्रो देश लगायत सबै कुरा लकडाउनमा गयो । अम्बिकासँग आफ्नो पसल बन्द गरेर घरमा बस्नुको विकल्प थिएन, जसले उनको व्यवसायमा ठूलो असर पार्यो। कोभिड–१९ अघि अम्बिकासँग आफ्नो व्यवसायबाट सन्तुष्ट हुने ग्राहकहरूको निरन्तर प्रवाह थियो। एकाएक चलिरहेको महामारीले विद्यमान ग्राहकहरू टाडिेए र नयाँहरूको न्यूनतम सम्भावनाको साथ उपभोक्ता व्यवहारमा परिवर्तन ल्यायो।

 

डिजिटलाईजेसन तर्फको यात्रा

अम्बिका यस अघि कहिल्यै अनलाइन प्रशिक्षार्थी थिइनन् । उनी आफ्ना छोराछोरीले अनलाइनमा सिकिरहेको र प्रविधिको शक्तिको अनुभव गर्दै चकित भएको सम्झन्छिन्। ठुलो डट कमले दिेएको अनलाइन प्रशिक्षणमा भाग लिनु एउटा नयाँ अनुभव थियो जुन अम्बिकाले रमाएर लिईन्।

 

अम्बिकाका लागि समग्र प्रशिक्षण मोड्युलहरू पूर्ण रूपमा नयाँ थिए र उनले प्रत्येक सत्रमा भाग लिन उपयुक्त पाइन्। प्रशिक्षणका मोड्युलहरु सफ्ट स्किल, डिजिटल कौशलता, डिजिटल मार्केटिङ र ई-वाणिज्य अन्तर्गत सफ्ट स्किल र ई-वाणिज्य आँखा खोल्ने सेसन भएको उनले बताइन् ।अम्बिका भन्छिन्, 'हरेक घरका उत्पादकलाई यो तालिमको आवश्यकता पर्छ, किनकि यदि हामी नाफामूलक व्यवसाय सञ्चालन गर्न चाहन्छौं र हामीमध्ये अधिकांशले उचित गणना गरिरहेका छैनौं भने हाम्रो उत्पादनको सही मूल्य छुट्याउन आवश्यक छ । यो सेसन पछि अम्बिकाले आफ्नो उत्पादनको उचित मूल्य निर्धारण का लागि आफ्नो सबै खर्चको रेकर्ड राख्न थालेकी छिन् ।

No Tags

Comments (0)